Websoft University

विराटनगर महानगरले अस्पताल बराबरको आइसाेलेशन वार्ड निर्माण गर्यो


बिराटनगर जेठ  १ गते । रातो तारा डट कम,अस्पतालहरुमा बेड अभाव भइरहेका बेला विराटनगर महानगरले अस्पताल बराबरको आइसाेलेशन वार्ड निर्माण गरेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको विशेष सक्रियतामा विराटनगर १ स्थित भट्टा चोकमा रहेको आर.आर.एनको सभाहलमा ५१ बेडको अत्याधुनिक आइसोलेशन वार्ड बनाइएको हो । मानिसहरुको जीवन रक्षा गर्ने उदेश्यका साथ स्वास्थ्यकर्मी सहित अक्सिजनको व्यवस्था गरिएको छ ।

यो सेवा भोली आइतबार बाट सूचारु गरिने मेयर पराजुलीले जानकारी दिनुभयो । मानिसको जीवन रक्षा गर्ने प्रमुख योजना सहित हरसम्भव प्रयासमा जुटिरहेको पराजुलीले बताउनु भयो । आयुसाेलेशनमा  स्वास्थ्य कर्मीहरुद्धारा मनोपरामर्श समेत दिइने छ । यो कार्यमा आर एन एनका विराटनगर प्रमुख अर्जुन कार्कीले सभाहल उपलब्ध गराएर सेवा प्रवाहमा योगदान गर्नुभएकाे छ ।

आइसाेलेशन निर्माणले पूर्णता पाए संगै शनिबार मेयर पराजुली सहित ,मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला,विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत,वडा नं.१ का वडाध्यक्ष उद्दव अर्याल ,स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की लगायतले अनुगमन समेत गर्नु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.