Websoft University

कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि काठमाण्डौमा लगाउन सुरु


काठमाण्डौ जेठ २ गते । रातो तारा डट कम,कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै छ । आज बिहान १० बजेदेखि निर्धारित केन्द्रबाट खोप लगाउने कार्यक्रम रहेको बताइएको छ । 

खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिने बताएको हो । चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले आजदेखि खोप लगाउन पाउनेछन् । 

खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताइएको छ । खोप बिहान १० बजेदेखि साँझ ४ बजसम्म लगाउन पाइनेछ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.