Websoft University

१३ लाख भन्दा बढीको भन्सार छली गरी ल्याएको लत्ताकपडा परामद

 


सुनसरी
बैशाख ९ गते । रातो तारा डट कम,सुनसरी ईटहरी-९ स्थित राजमार्गबाट आज विहान साढे ९ बजे अबैध रुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैया बराबरको लत्ताकपडाहरु परामद गरिएको छ ।बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले राजमार्गबाट को १ख १७९० नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा भन्सार छली गरी ल्याएको कुर्ताको कपडा ४४ रोल, साडी ३५७ पिस ,गम्छा ३२५ पिस    बेहुलीको साडी ९७ पिस फेला पारी बरामद गरेको हो । यसरी बरामद गरिएको लत्ताकपडा,ट्रक र चालक समेतलाई आवश्यक कारबाहीका लागी राजश्व अनुसन्धार क्षेत्रिय कार्यालय ईटहरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.