Websoft University

वरिष्ठ कवि तुलसी दिवससहित पाँचजना पुरस्कृत

 


विराटनगर, ९ वैशाख । रातो तारा डट कम, बबरसिंह देवकुमारी थापा सेवा गुठी विराटनगरले वरिष्ठ कवि तुलसी दिवससहित साहित्य र कला क्षेत्रमा योगदान पु¥याउने ५ जना व्यक्तिलाई सम्मान गरेको छ । 

बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा गुठीले ६ दशकदेखि नेपाली साहित्य र लोकसंस्कृतिका क्षेत्रमा योगदान पु¥याएबापत दिवसलाई नगद ५१ हजारसहित सम्मान गरेको हो । गुठीले दिवसलाई ‘देवकुमारी थापा स्मृति सम्मान’बाट विभूषित गरेको छ । त्यस्तै ५१ हजार राशिको ‘देवकुमारी थापा स्मृति सम्मान’बाट कवि मेघराज मञ्जुल सम्मानित हुनु भएको छ । कोभिडका कारण स्थगित गरिएको गत वर्षको पुरस्कार पनि यस वर्ष समर्पण गरिएको गुठीका अध्यक्ष कविराज न्यौपानेले जानकारी दिनुभयो । 

त्यस्तै सोही अवसरमा ‘बहरसिंह थापा स्मृति सम्मान’बाट कलाकार विक्रमश्री र साहित्यकार शरण राई पुरस्कृत हुनुभयो । विक्रमश्री र राईलाई जनही २५ हजार नगद र ताम्रपत्रले सम्मान गरिएको थियो । समारोहमा देवकुमारी थापाको बालसाहित्यका विषयमा विद्यावारिधि गर्ने दार्जेलिङका प्रा.डा. दिपेन घिसिङलाई पनि नगद २५ हजारसहित सम्मान गरिएको थियो । उहाँहरू सबैलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पुरुषोत्तम भट्टराई, गुठीका अध्यक्ष कविराज न्यौपानेलगायतले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, समालोचक दधिराज सुवेदी, साहित्यकार प्रमोद प्रधान, कवि भरत गुरागाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.