Websoft University

सुन्दरहरैंचा मेयरकप फुटबल प्रतियोगितामा पथरीशनिश्चरे सेमिफाइनलमा प्रवेश


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा जारी मेयरकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार भएकोे खेलमा पथरीशनिश्चरे विजयी भएको छ । सुन्दरहरैंचा स्थित शुक्रबारे खेल मैदानमा बिहीबार भएको चौथो दिनको खेलमा सुनवर्सी नगरपालिकालाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै जित हात परेको पथरीशनिश्चरे सेमिफाइनलमा पुगेको छ ।

खेल अवधिभर सुनवर्सीलाई निकै दवावमा राखेको पथरीशनिश्चरेका लागि पहिलो हाफको १२ औं मिनेटमा जर्सी नम्बर ५ का युकेश तामाङले गरेको गोल नै निर्णायक बन्यो । पथरीशनिश्चरेले सुनवर्सीको गोलपोष्टमा निकै प्रहार गरेपनि गोल भने हुन सकेन । यता सुनवर्सीले समेत पाएको केही अवसरमा गोल गर्न नसक्दा पराजित हुनु पुग्यो । बिहीबारको खेलको म्यान अफ दी म्याच पथरीशनिश्चरेका मीन धिमाल घोषित भए । उनले नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत शुक्रबारको खेल आयोजक सुन्दरहरैंचा नगरपालिका र रंगेली नगरपालिकाबीच हुनेछ । सुन्दरहरैचा यसअघि भएको खेलमा विराटनगर महानगरपालिकालाई पराजित गरेर क्वाटर फाइनलमा पुगेको हो भने रंगेलीले सिधै बाइ पाएको हो । यसअघि भएका अन्य २ खेलमा विजयी हुँदै लेटाङ नगरपालिका र उर्लाबारी नगरपालिका सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र विराटनगर महानगरपालिका गरी ९ वटा टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा विजेता पालिकाले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० शिल्ड मेडल तथा प्रमाण पत्र पाउने सहआयोजक सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.