Websoft University

जिप दुर्घटनाबाट चालकको मृत्यु


तेह्रथुम, बैशाख-६ गते । रातो तारा डट कम, 
तेह्रथुम ७ लाप्छायाङ टोल स्थितमा जिप अनियन्त्रीत भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ । गत राती साढे ९ बजे म्याङलुङ देखि मोराहाङ तर्फ जादै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । सो दुर्घटनामा परी जिप चालक तेह्रथुम मन्छायायेम गाऊपालाक ५ का ४६ बर्षीय कृष्ण खापुङ गम्भिर घाईते भएका थिए । घाईते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.