Websoft University

उद्योगहरुमा नविन प्रविधि प्रयोगको सम्भावनाका बारेमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष संग छलफल


बिराटनगर  वैशाख ५ गते । रातो तारा डटकम,उद्यमशिलता विकास तथा उत्पादकत्व अभिबृद्धिका लागी नविन इनोभेसन तथा स्टार्टको भूमिका, नवप्रवद्र्धनात्मक सोचहरुलाई व्यवसायीक उद्यमशिलतामा रुपान्तरण गर्ने उदेश्यले उद्योग संगठन मोरङले नेपाल आबिष्कार केन्द्रका अध्यक्ष्ँ महाबीर पुनका साथ आज मिति २०७८ वैशाख ०५ गते छलफल कार्यक्रम आयोजना गरेको छ । 

उद्योग÷व्यवसायको उत्पादकत्व एवं प्रभावकारिता वढाई उत्पादन लागत कम गर्न तथा नविन आविष्कार र प्रविधिलाई उद्योगमा प्रयोगको सम्भावना, त्यस्ता सोचहरुलाई व्यवसायीक रुपान्तरण गर्न सहयोग, अनुसंधानको निरन्तरताका लागि सम्भावित लगानीकर्ताहरुको खोजी गर्नका साथै नविनतम सोचहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले संगठनले इनोभेशन एवं स्र्टाट अप ईकाईको स्थापना गरी युवाहरुका लागि सम्भावनाको नया“ मार्ग प्रसस्त कार्यक्रमको आयोजना गरिएको वताउदै अध्यक्ष्ँ सुयश प्याकुरेलले संगठन अन्तर्गत गठन भएको स्टार्ट अप तथा ईनोभेशन समितिमा राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष्ँ महाबीर पुनलाई प्रमुख सल्लाहकारका मनोनयन गरी राष्ट्रिय आबिष्कार केन्द्रका साथ सहकार्य अघि वढाएकोवताए ।  

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष्ँ पुनले नेपालको सन्दर्भमा आयात प्रतिष्थापन र निर्यात प्रवद्र्धन गरी आविष्कार व्यापार घाटा कम गर्न मद्त गर्न सबैप्रकारका नविन व्यवसायीक प्रविधिहरुको उपयोग आजको आवश्यकता रहेको वताउदै अनुसन्धानका लागि गर्नुपर्ने खर्च व्यवस्थापन गर्न विकसित राष्ट्रहरुले जस्तै राज्यले कुल ग्राहस्थ उत्पादनको कम्तिमा १ प्रतिशत रकम छुट्टाई कोष स्थापना गर्ने र  आवश्यक नीति, नियम र कार्यविधि वनाई तत्काल काम गर्नु पर्ने वताउनु भयो । त्यसैगरी उहाले उद्योग÷व्यवसायका साथै वैकिङ क्ष्ँेत्रले खोज तथा अनुसन्धानको क्ष्ँेत्रलाई प्रोत्साहित गर्न सामाजिक उत्तरदायित्व अन्र्तगत छुट्टाएको १ प्रतिशत रकमबाट इनोभेशनमा खर्च गर्न पाउनु कानुनी व्यवस्थाका लागि पहल गर्नुपर्ने वताउनु भयो ।  

उहाले उद्योग संगठन मोरङले उद्योगमा नविन आविष्कारहरुको प्रयोगका साथै नया सोचहरुलाई व्यवसायीकातामा रुपमान्तरण गर्न शुरु गरेको यो अभियानमा राष्ट्रिय आविष्कार केन्द्रले सहकार्य गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउनु भयो । 

संगठनका कार्यसमिति सदस्य तथा स्र्टाट अप तथा इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नया प्रविधिको विकास, क्ष्ँमता भएरपनि आर्थिक अभावमा प्रवद्र्धन हुन नसकेका नविनतम अवधारणाहरुलाई संगठनले सहयोग पु¥याउने वताए । बैज्ञानिक, अन्बेषक, उत्प्रेरकका साथ भएको छलफलले आगामी दिनमा संगठनलाई यस क्ष्ँेत्रमा थप उत्साहित भएर कार्यगर्न उर्जा प्राप्त भएको संयोजक गोल्छाले वताए ।

संगठनका निवर्तमान अध्यक्ष्ँ भीम घिमिरेले देशलाई आर्थिक रुपमा सबल र सक्ष्ँम वनाउन आविष्कारका कार्यहरुलाई वढावा दिदै यस क्ष्ँेत्रमा सबैले सहयोग पु¥याउनु पर्नेमा जोड दिए । वरिष्ठ उपाध्यक्ष्ँ प्रदिप मुरारकाले उद्योग कलकारखानामा प्रयोग हुने सानो भन्दा सानो मिल मेशिनरीहरु पार्टपुर्जा औजार आदीका लागि समेत  आयातमा भर पर्नुपर्ने अवस्थाको अन्त्यका लागि नविन खोज वैज्ञानिक अनुसंधान उपयोग गर्ने तर्फ काम गर्नुपर्ने वताउनु भयो । 

कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष्ँ राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल, कोषाध्यक्ष्ँ बिपिन कावरा, कार्यसमिति सदस्य तारानाथ निरौला, पारस लुनिया, सुवोध कोईराला, प्रतिभा रिजाल ओली, ईन्द्र खत्री राजन, सुनिल कुमार धनावत, सौरभ सारडा लगायत विभिन्न उद्योग प्रतिष्ठानका संचालक, प्रँध्यापक, ईनोभेशनका क्ष्ँेत्रमा कार्य गर्दे आएका युवाहरुको सहभागिता रहेको थियो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.