Websoft University

सुन्दरहरैंचामा अन्तर सहकारी सदस्य सशक्तिकरण तालिम सम्पन्न


मोरङ । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ मा अन्तर सहकारी सदस्य सशक्तिकरण तालिम सम्पन्न भएको छ । गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर इटहरीको आयोजना तथा सुन्दरहरैंचा १ नम्बर वडा कार्यालयको समन्वयमा बैशाख ३ गतेदेखि सुरु भएको सो तालिम मंगलबार सम्पन्न भएको हो ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा, प्रदेश रजिष्ट्रारको कार्यालय इटहरीका रजिष्ट्रार बलराम निरौला र सुन्दरहरैंचा १ का वडाध्यक्ष विनोद बहादुर बस्नेत विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो भने गुडलक एजुकेशनका निर्देशक बसन्त रेग्मीको अध्यक्षता रहेको थियो । यस्तै वडासदस्य उत्तर कुमार खवास, हेमकुमारी विक, राजकुमार राई, वडासचिव अनिल पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।


तालिमको समापन कार्यक्रममा बोल्दै राज्यमन्त्री ओझाले देशको अर्थतन्त्रको एउटा खम्वाको रुपमा रहेका सहकारीहरुको विकास र प्रवर्धनका लागि तालिम सञ्चालन गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिनुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर यस क्षेत्रका सहकारीहरुलाई नमुना सहकारीको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । यस्तै वडाध्यक्ष विनोद बहादुर बस्नेतले वडाले सँधै नयाँ नयाँ काम गरेको भन्दै नगर क्षेत्रमा पहिलोपटक सहकारीहरुका लागि तालिम सञ्चालन गरेर नयाँ कामलाई निरन्तरता दिएको बताउनुभयो ।

उहाँले वडाको पहलमा वडा क्षेत्रमा सडक लगायतका विकास पूर्वाधारका काम समेत तिव्र गतिमा अघि बढेको भन्दै वडाको विकासमा सबै वडाबासी हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । यस्तै प्रदेश सहकारी राजिष्ट्रारको कार्यालय इटहरीका राजिष्ट्रार बलराम निरौलाले सहकारी सम्बन्धि नयाँ ऐन बनेकाले सो ऐन अनुशार गतिविधि सञ्चालन गर्नका लागि तालिम उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्नुभयो ।

समापन कार्यक्रमको अवसरमा तालिममा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । तालिममा प्रदेश सहकारी राजिष्ट्रारको कार्यालय इटहरीका राजिष्ट्रार बलराम निरौला, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अधिकृत तोयानाथ तिम्सिना, अधिकृत हरिबहादुर खत्री, जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रविन्द्र आचार्य र सुन्दरहरैंचा नगरपालिका सहकारी शाखा प्रमुख दिनेश कुमार घिमिरेले सहजिकरण गर्नु भएको गुडलक एजुकेशनका प्रवन्ध निर्देशक रेवती निरौलाले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.