Websoft University

मेयरकप फुटबल प्रतियोगितामा आयोजक सुन्दरहरैंचा विजयी

 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरङको सुन्दरहरैंचामा जारी मेयरकप फुटबल प्रतियोगितामा आयोजक सुन्दरहरैंचाले विजयी सुरुवात गरेको छ । बुधबार सुन्दरहरैंचास्थित शुक्रबारे खेल मैदानमा भएको खेलमा विराटनगर महानगरपालिकालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै आयोजक सुन्दरहरैंचाले जित हात परेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा सुन्दरहरैंचाका खेलाडीहरुले गोल गर्न पाएको अवसरलाई सदुपयोग गर्दै आफ्नो टिमलाई विजयी गराउन सफल भएका हुन् । सुन्दरहरैंचाका लागि पहिलो हाफको छैटौं मिनेमा जर्सि नम्बर १९ का सन्देश श्रेष्ठले गोल गर्दै खाता खोलेका हुन् । यस्तै पहिलो हाफकै ३४ औं मिनेटमा जर्सि नम्बर १० का विरेन्द्र लिम्बूले गोल गर्दै सुन्दरहरैंचाको अग्रता दोब्बर पारे । यता विराटनगरका लागि दोश्रो हाफको २७ औं मिनेटमा जर्सि नम्बर २ का नवीन चौधरीले सान्त्वना गोल फर्र्र्काए पनि हार टार्न सकेनन् ।


आजको खेलको म्यान अफ दी म्याच सुन्दरहरैंचाका विरेन्द्र लिम्बू घोषित भए । उनले नगद २ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत बिहीबारको खेल सुनवर्सी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाबीच हुने सहआयोजक सुन्दरहरैंचा १२ का वडाध्यक्ष रोशनप्रसाद ढकालले जानकारी दिनुभयो । यसअघि मंगलबार भएको खेलमा रतुवामाई नगरपालिकालाई ट्राइबेकरमा ५-३ ले पराजित गर्दै उर्लाबारीले जित हात परेको थियो भने उद्घाटन खेलमा बेलाबारीलाई पराजित गर्दै लेटाङ नगरपालिका विजयी भइसकेको छ । प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र विराटनगर महानगरपालिका गरी ९ वटा टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा विजेता पालिकाले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० शिल्ड मेडल तथा प्रमाण पत्र पाउने सहआयोजक सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रोशन प्रसाद ढकालले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.