Websoft University

मानवसेवा आश्रमको विराटनगरमा भवननिर्माण शिलान्यास सम्पन्न, भवन बनाउन उठ्यो २ करोड

 


बिराटनगर बैशाख ८ गते । रातो तारा डट कम, मानवसेवा आश्रम ९मानवता प्रवर्द्धन महाअभियान० विराटनगर शाखाको भवननिर्माण शिलान्यास भएको छ । विराटनगर महानगरपालिकाको वडा नं ५ स्थित डिपिएस स्कुल पछाडी रहेको जग्गामा प्रदेश सरकार, स्थानीय सरकार, सम्पूर्ण परोपकारी मानवताप्रेमी, सहयोगी शुभेच्छुक अभिभावकहरुको उपस्थितिमा भवननिर्माण शिलान्यास सम्पन्न भएको हो ।


मानवसेवा आश्रम परोपकारी मानवताप्रेमी मनहरुको साथ र सहयोगमा सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै कष्टपूर्ण एवं पीडादायी जीवनयापन गर्दै आइरहेका सहयोगापेक्षी ९बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर० सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श र पारिवारिक पुनर्मिलन सहितको सेवामा समर्पित रहेको छ ।

हाल विराटनगरमा ३ वटा घर भाडामा लिएर सन्चालन भईरहेको मानवसेवा आश्रमलाई घरभाडामुक्त बनाई स्थायित्व प्रदान गर्नका लागि विराटनगर महानगरपालिका र मानवसेवा आश्रम ९मानवता प्रवर्द्धन महाअभियान० ले संयुक्त रुपमा बैशाख ७ गते च्यारिटी डिनर कार्यक्रम ९ःभभत ७ न्चभभत एचयनचबm० को आयोजना गरे । उक्त कार्यक्रममा समाज रुपान्तरणका लागि निरन्तर योगदान गर्दै आइरहनुभएका उद्योगी, व्यवसायी एवं महत्त्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिशेष पाहुनाको रुपमा मानवसेवा आश्रमका अभिभावक आनी छोइङ डोल्मा, हास्य कलाकार मनोज गजुरेल, पूर्व प्रहरी निरीक्षक रमेश खरेल, कलाकार दिपक राज गिरि, दिपा श्री निरौला, सुमित खड्काकोउपस्थितिरहेको थियो ।

सोही कार्यक्रममा मानवसेवा आश्रमको भवननिर्माणका लागि ६ कठ्ठा जग्गा नामसारी गरेर र बाँकी ७।५ कठ्ठा जग्गा सदुपयोग गर्न पाउने गरि सहयोग गर्नुहुने श्री डम्बर सत्संग सद्गुरु सत्संग कवीर सेवा आश्रमका सम्पूर्ण कार्यसमिति परिवार र यस सेवामा जग्गा दाङ गर्नका लागि उक्त संस्थालाई उत्प्रेरणा प्रदान गर्नुहुने मानवसेवा आश्रमका अभिभावक देवेन्द्र कुमार थापा ९आदर्श साहेब० लाई सम्मान गरिएको छ । साथै मानवसेवा आश्रमको सेवालाई विराटनगरमा ल्याउनका लागि आश्रम सुरुवात हुनु ४ महिना अगाडीदेखि नै आश्रमको घर खोजीका लागि विराटनगरमा आएको टिमलाई निशुल्क आवासको व्यवस्था गरेको बिग होटेल परिवारलाई पनि सम्मान गरिएको छ ।

करिब ५० कोठाको हुने उक्त भवनको अनुमानित लागत २२ करोड रहेको मिस नेपाल २०१८ एवं आर्किटेक्ट इन्जीनियर शृंखला खतिवडाले भवनको परियोजना प्रस्तुत गरिन् । त्यही अनुसार च्यारिटी डिनर कार्यक्रममा मानवसेवा आश्रमको भवननिर्माणका लागि ३४ जना परोपकारी मनहरुले आश्रमले निर्धारण गरेको एक कोठा अभियानको माध्यमबाट सहयोगी बन्नुभएको छ । उक्त भवननिर्माणका लागि आश्रमले एक कोठा निर्माणका लागि ५,११,१११ रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै हालसम्म १० जना १,११,१११ रुपैयाँ सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा लेखिने छ ।

आश्रमको सेवा विस्तारका लागि अनुमानित ४ करोडको घरजग्गा स(प्रेम अर्पण गर्ने घोषणा

विराटनगर महानगरपालिका वडा नं ७ निवासी ८८ बर्षीय अजम्बर प्रसाद प्रसाईले मानवसेवा आश्रमको सेवाको लागि विराटनगर महानगरपालिका ७ मिलनटोलमा रहेको जग्गा र घर अर्पण गर्ने घोषणा गर्नुभएका छन् । 

उहाँले त्यहाँ रहेको १ कठ्ठा द्द धुर जग्गा र त्यसमा बनेको द्द तल्लाको घर आश्रमको सेवाको लागि दिनुभएको हो । उहाँले मानवसेवा आश्रमको नाममा आश्रममा रहन पाउँ र त्यसपछि मेरो नाममा रहेको सम्पति आश्रमको नाममा दान बकस गर्न चाहन्छु भन्ने बिषयको निवेदन पेश गर्नुभएको छ ।

उक्त निवेदनको आधारमा आश्रमले आवश्यक प्रक्रिया अगाडी बढाउने आश्रमले बताएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.