Websoft University

बन्दुकले हानी हत्या

 


ताप्लेजुङ, बैशाख-१० गते । ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ जिदिमा का २९ बर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानी सोही स्थानका ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका छन् । बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अबस्थामा आकाशले एक्कासी बन्दुकले हानी हत्या गरेका हुन । उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । आकाशले प्रयोग गरेको भरुवा बन्दुक भने घटनास्थल देखी अन्दाजी ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्या गरेको कारण भने तत्काल नखुलेको सो कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.