Websoft University

भारतमा सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख ५७ हजार तीन सय नौ पुगे– सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै,

 


काठमाण्डौ बैशाख १० गते । रातो तारा डट कम,भारतमा कोरोना सङ्क्रमितको सङ्ख्याले नयाँ रेकर्ड बनाएको       छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा हिजो लगातार दोस्रो दिन पनि सङ्क्रमितको सङ्ख्या ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप तीन लाख ३२ हजार पाँच सय तीन जनामा सङ्क्रमण भएको छ । २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या भारतमा अहिलेसम्मकै धेरै हो । पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख ५७ हजार तीन सय नौ पुगेको छ । हालसम्म भारतमा एक करोड ३६ लाख ४१ हजार ६ सय ६ जना सङ्क्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ लाख २८ हजार सात सय ७५ छ । यस्तै भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या एक लाख ८६ हजार नौ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप दुई हजार दुई सय ५६ जनाको मृत्यु भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.