Websoft University

प्रेस विज्ञप्ति-दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 


काठमाडौ । रातो तारा डट कम,
समाचारको विषयलाई लिएर क्राइम टिभी नेपालका सञ्चालक कुशलव केसीमाथि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१ स्थित ‘लाइफ भर्सेस इडिक्सन’ सुधार गृहसम्वद्ध व्यक्तिहरुले गरेको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

सुधार गृहभित्रै मृत्यु भएका सोम दनुवारको बारेमा मृतकका परिवारको गुनासोका आधारमा घटनाको विवरणसहितको समाचार प्रसारण गरेको भन्दै सञ्चालक केसीमाथि सुधार गृहका व्यक्तिहरुले गालीगलौज गर्दै दुर्व्यवहार गरेका थिए ।

प्रसारित समाचारप्रति चित्त नबुझे त्यसको कानुनी उपचार खोज्न सकिने प्रावधान हुँदाहुँदै यस किसिमले प्रस्तुत हुनु आफैंमा निन्दनीय र प्रेस विरोधी काम हो । महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै, सञ्चारमाध्यमलाई पनि समाचार संप्रेषण गर्दा समाचारको सत्यता तथा पत्रकार आचारसंहितालाई ध्यान दिन आहृवान गर्दछ ।

रोसन पुरी
महासचिव

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.