Websoft University

उदयपुरको सामुदायिक बन क्षेत्रमा लागेको डढेलोको कारण करौडौ मुल्य बराबरको काठ नष्ट


गाईघाट २० चैत । रातो तारा डट कम,तिन साता यता उदयपुरको सामुदायिक बन क्षेत्रमा लागेको डढेलोको कारण करौडौ मुल्य बराबरको काठ नष्ट भएको छ । फागुनको अन्तीम समय देखी लाग्न थालेको डढेलो अहिले जिल्ला को २ सय सामुदायिक बनमा फैलीएको छ । डढेलोको कारण सामुदायिक बनले कटान गरेर जंगल क्षेत्रमा राखेको करोडौ मुल्य बराबर को लकडी जलेर नष्ट भएको डिभिजन बन कार्यालय उदयुर ले जनाएको छ । बैज्ञानिक बन ब्यबस्थापन को नाममा काटीएको लाखौं क्युफिट लकडी डढेलो बाट नष्ट भएको डिभिजन बन कार्यालय उदयपुर का सुचना अधिकारी जागेश्वर साहले बताए ।सरकारले काठ बिकी्र बितरणमा रोक लगाए पछि सामुदायिक बनले बैज्ञानीक बन ब्यबस्थापन को नाममा कटान गरेको लकडी बन मै रहेकोले डढेलो बाट सखाप भएको साहले बताए । “जंगलमा अझै पनि डढेलो लागेको ले क्षतीको पुर्ण बितरण आउन बाकी रहेको साहले बताए । धैरै ठाउमा अझै पनि डढेलो लागी रहेको छ” । उनले भने । हावा ,बतास चलीरहेकोले ति क्षेत्रमा अझै पनी डढेलो निभाउन सकीएको छैन । ”उनले भने ।“अहिले सम्म २ सय सामुदायक बनमा डढेलो लागेको रिपोर्ट आएको उनले बताए ।डढेलोले हुर्कदै गरेकोे बिरुवा र ठुलो रुख समेत नष्ट भएको छ । के कती परिणममा रुख बिरुवा नष्ट भएको हो पुर्ण बिकरण  आएको छैन” । उनले भने ।बन  कर्मचारी  ले स्थलगंत निरिक्षण गरेर रिपोर्ट बुझाए पछि मात्र क्षतीको पुर्ण बिबरण आउछ” । त्रियुगा नगरपालीका ६ स्थीत राजदेबी सामुदायिक बनमा लागेको डढेलो ले राष्ट्रपती चुरे कार्यक्रम अन्र्तगत लगाएको सालका एक हजार भन्दा बढी बिरुवा नष्ट भएको भएको डिभिजन बन कार्यालय उदयपुरका अधिकृत अम्वीका पौडेल ले बताए । राष्टी«य तथा सामुदायिक बनमा लागेको डढेलो निभाउन अहिले पनि बन कर्मचारी ,सेना, प्रहरी र स्थानीय उपभोक्तहरु परिचालन भैरहेको उनले बताए । सुख्खायाम मा जिल्लामा बर्षेनी डढेलो लाग्दै आईरहेको छ । जंगलमा घास दाउरा लिन जाने समुह ले सुकेको पात पंतीगरमा आगो लगाउदा बर्षेनी डढेलो ले जंगलमा ठुलो क्षती पु¥याउने गरेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.