Websoft University

डिसिए विराटनगर क्रिकेटको अन्तिम चारमा प्रवेश

 


विराटनगर । रातो तारा डट कम, पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा सञ्चालन भइरहेको विराटनगर २०–२० क्रिकेट प्रतियोगितामा डिसिए विजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको छ ।

डिसिएले आज भएको खेलमा विराटनगर सिटी क्रिकेट एकाडेमीलाई १ विकेटको रोमाञ्चक जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १४ दशमल ४ बलमा सवै विकेट गुमाई ७२ रनको झिनो योगफल खडा गरेको थियो । विराटनगरका  श्याम मण्डलले १८ रन र आषिश श्रेष्ठले १५ रनकोे योगदान दिए । डिसिएका म्यान अफ द म्याच ईश्वरदेव यादवले ४ विकेट तथा आषिश चौधरी र आषिश राजवंशीले समान २–२ विकेट लिए ।

जवाफमा ७३ रनको झिनो लक्ष्य पछ्याएको डिसिएले १५ दशमल १ बलमा ९ वकेट गुमाई कठिन जित हात पारेको छ । जस्मा हिमाञ्सु साहले सर्वाधिक २१ रनको योगदान दिए । विराटनगरका उ्रसान्त साहले ५ विकेट तथा आषिश श्रेष्ठले ३ विकेट लिए ।

शनिबारको द टच स्टोन क्लव र युसिसिए विराटनगर विच हुने आयोजकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.