Websoft University

महिलाहरुलाई उद्यमी बनाउदै बेलबारी


मोरङ बेलबारी चैत ५ गते । रातो तारा डट कम, मोरङको बेलबारी नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले ढाका बुन्ने तालिम दिन थालेको छ । वडा नम्बर ७ र ८ का ३० जना भन्दा वढिमहिलाहरुलाई तालिम दिन थालेको हो । 

उत्पादन सँग जोडिएर महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सिपमुलक तालिमहरु दिने गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । पाथिभरा सिप बिकास केन्द्रको प्राविधिक सहयोगमा तिन महिना सम्म तालिम संचालन गरीने जनाइएको छ । नगरपालिकाले केहि गर्छौ भन्नेहरुलाई पौविधिक आर्थीक तथा विभिन्न उपकरणहरु दिने गरेको नगर प्रमुख सुवेदीको भनाई रहेको छ । 

उनले उद्यमीले उत्पादन गरेका बस्तुहरुको बजारीकरण समेत नगरपालिकाले गरीदिने बताए । आफनै नगरमा बसेर मालिक हुने सपना देखेर नगरमा आउनेहलाई नगरपालिकाले सहयोग गर्ने उनको भनाइ रहेको छ । नगरपालिकाले दिएको तालिम लिएर धेरै महिलाहरु उद्यमी बनिरहेका छन । वडा नम्बर ३ मात्रै ५० जना भन्दा वढि महिलाहरु ढाका कपडा बुनेरनै राम्रो आमदानि गरीरहेका छन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.