Websoft University

एक युवालाई १८ वर्ष कैद गर्ने अदालतले फैसला सुनायो

 


गाईघाट ५ चैत । रातो तारा डट कम,जिल्ला अदालत उदयपुरले १४ वर्षिया एक वालीका लाई बलात्कार गरेको कसुर ठहर गर्दै एक टिफर चालक लाई बिहीबार १८ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधिश दिपक खनालको एकल इजलाशले सर्लाही हरिवन नगरपालीका ४ घर भई कटारी नगरपालीका ४ मा टिफर चलाउदै आएका ४० वर्षिय सागर कुवर लाई बालीका बलात्कार गरेको भन्दै उक्त फैसला गरेको हो । 

पिडित बालिका लाई क्षतिपुर्ती बापत २५ हजार र सरकार ले स्थापना गरेको पिडीत राहत कोषमा २ हजार २ सय रुपैया जम्मा गर्ने आदेश गरेको अदालतका श्रेस्तेदार धन बहादुर कार्की ले बताए । कुसुरदारले ०७६ माघ २२ गते बालिका बलात्कार गरेको भन्दै पिडितका परिवार ले माघ २३ गते प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा पका्रउ परेका उनलाई अदालतले फागुन १९ गते पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएको थियो ।

 त्यसैगरी अदालतले अपाङग युवती लाई बलात्कार गरेको ठहर गर्दै बिहीबार एक जना लाई जन्मकैद को फैसला सुनाएको छ । २० वर्षिया ति युबती लाई बलात्कार गरेको अभियोगमा पका्रउ परेका त्रियुगा नगरपालीका १२ का ४३ वर्षिय सुर्य बहादुर बिक लाई जिल्ला अदालत उदयपुरले जन्म कैद (२५ वर्ष) को फैसला सुनाएको हो । पिडीत महीला लाई क्षतीपुर्ती बापत २५ हजार र सरकारले संचालन गरेको पिडीत राहत कोषमा २ हजार रुपैया जम्मा गर्न पनि अदालतले कुसुरदार लाई आदेश गरेको श्रेस्तेदार कार्कीले बताए । 

अशक्त ति महिला २०७७ भदौ ३० गते बलात्कृत भएकी थिइन । उजुरी लगतै पका्रउ परेका बिक लाई अदालतको आदेशमा असोज २३ ्गते पुर्बक्षको लागी थुनामा राखीएको कार्कीले बताए । अदालतले मंलबार उदयपुरका एक ५६ वर्षिय हजुर बुवा लाई नातीनी बलात्कार गरेको अभियोगमा कसुर ठहर गर्दै आजीवन कदै सजाए तोकेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.