Websoft University

महिला उद्यमशिल तालिम सम्पन्न


मोहन कुमार राई÷चैत्र ५ गते । रातो तारा डट कम,संखुवासभा, चैनपुर नगपालिका स्थित पोखरीमा “ शिप सिकौ स्वरोजगार बनौ भन्ने” मूल नाराका साथ महिलाहरुको सिपमूलक तालिम सम्पन्न भएको छ । 

सिद्धकाली महिला सञ्जालले आयोजना गरेको  ७ दिने तालिम फाल्गुण २७ गते देखि चैत्र ४ गते सम्प सञ्चालन भएको थियो । सिलाई कटाइमा संलग्न भइरहेका महिला दिदिबहीनीहरुमध्येबाट  चैनपुर नगरपालिकाका ११ वटा वडाहरुबाट प्रत्यक वडावाट १ जनाका दरले ११ जना  सहभागी रहेको थियो । 

कपडाबाट निर्माण गरिने ट्राभल व्याग, सपिङ्ग व्याग, सब्जी व्याग, स्कुल व्याग, सुर्के थैली, पेन्सील व्याग लगायत ७ आइटमका सिपहरु तालिममा सहभागीहरुले सिकेको सिद्धकाली महिला सञ्जालका सचिव नमिता काफ्लेले वताउनुभयो । जिल्ला लघु उद्यम संघ झापाका अध्यक्ष निर्मला भण्डारीद्धारा प्रशिक्षित सहभागीहरुले अत्यन्तै राम्रो सँग सिप सिक्न पाएकोमा खुशी भएका छन ।

बुधबार भएको तालिम समापन कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि भरत कुमार खत्रीले यस किसिमको तालिम समयसापेक्ष हुनुको साथै महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउन सघाउ प¥याउने वताउनुभयो । यसैगरी कार्यक्रमको स्वागत मन्तव्य सञ्जालका कोषाध्यक्ष जापानी गुरुङले गर्नुभएको थियो । 

कार्यक्रममा चैनपुर नगर उप प्रमुख मुना श्रेष्ठ, सामाजिक विकास समितिका संयोजक एवं चैनपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष काली बहादुर लिम्बू, चैनपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकाल, चैनपुर नगरपालिका वडा नंं ३ का बलबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । तालिमको प्रायोजन चैनपुर नगरपालिकाद्धारा गरिएको कार्यक्रमका सभापति एवं महिला सञ्जालकी अध्यक्ष हेमकुमारी चौहानले वताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.