शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दररहरैचा नगरपालिका अन्तरगत ४ नं वडा कार्यालयले अर्गानिक खेतिलाइ प्रोत्साहन गर्ने उद्येश्यसहित बिहीबार देखि तिन दिने तरकारी खेति तालिम प्रारम्भ गरेकोछ ।
वडालाई तरकारी खेतिबाट आत्मनिर्भर बनाउन र आफ्नो क्षेत्रमा रहेका कृषकहरूलाई प्रात्साहन गर्न तरकारी खेति सम्बन्धि तिन दिने तालिमको सुरूवात गरेको हो ।
वडाको सभाहलमा आयोजित तालिमको समुदघाटन गर्दै वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले वडालाइ आगामि वर्ष भित्र अर्गानिक तरकारी खेतिको पकेट क्षेत्र बनाइने र कृषकहरूलाइ प्रोत्साहन गर्दै बिभिन्न प्रकारका बालिहरूबाट उनिहरूलाइ पनि आत्मनिर्भर बनाउने बताए ।
इटहरी स्थित गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टरको संयोजनमा भएको तालिम उदघाटनमा सुन्दरहरैचा वडा नं ४ का २० भन्दा बढि कृषकहरूको उपस्थिति देखिएको थीयो ।
उपस्थित कृषकहरूले वडामा तरकारी खेति तालिम भएको खबर पाएपछि सहभागि जनाउन पाउदा खुशि ब्यक्त गरेका थिए ।कृषकहरूलाइ बिभिन्न प्रकारका अर्गानिक खेतिबारे कृषिबिज्ञ तथा नगरपालिका अन्तरगत कृषि शाखा प्रमुख करिन्द्र भट्टराइले सहजिकरण गरेका थीए ।अर्गानिक खेतिबाट मानव जिवनको स्वास्थ्यमा पुग्ने फाइदा र ध्यान दिनुपर्ने कुराहरु सहजिकरण गरिएको थियो ।
कार्यक्रम गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेण्टरका प्रवन्ध निर्देशक वशन्त रेग्मिको सभापतित्वमा भएको थीयो भने सोहि वडाका बिभिन्न टोल बिकास समितिका प्रतिनिधिहरूले मन्तब्य राखेका थिए ।
Post a Comment