शिव भट्टराई,मोरङ चैत ६ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका ११ स्थित पथरघट्टामा रहेको साना किसान कृषि सहकारी संस्था लि मृगौलियाले २३औं वार्षिकोत्सव भव्य साथै शभ्य ढंगमा मनाएको छ। सुन्दरहरैंचा नगरपालिका वडा नं ८ का वडाध्यक्ष खेम न्यौपानेको प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष हरी बस्नेतको सभापतित्व र उक्त संस्थाका संस्थापक अध्यक्ष गुरु प्रसाद सञ्जेलको विशिष्ठ आतिथ्यता रहेको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले केक काटेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।उद्दघाटन कै क्रममा बोल्दै उनले संस्थालाई अगाडि बढाउने क्रममा विभिन्न प्रकारका बाधा अवरोध आएपनि आउने दिनमा वडाको तर्फबाट सहयोग गर्न आफु तयार रहेको भन्दै संस्थाको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए।त्यसैगरी कार्यक्रममा सञ्चालक समितिकी उपाध्यक्ष माया बुढाथोकीले स्वागत मन्तव्य राखेकी थिइन्।
उक्त कार्यक्रममा संस्थाका व्यवस्थापक अर्थलाल भगतले संस्थाको गतिविधि तथा प्रगति विवरण प्रस्तुत गरेका थिए भने संस्थाका अध्यक्ष हरी बस्नेतले संस्थाको प्रगति निति कार्यक्रम प्रस्तुत गरेका थिए।
त्यसैगरी बार्षिकोत्सवको अवसर पारेर संस्थामा आवद्ध जेष्ठ सेयर सदस्य महिला र पुरुष ,शिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने सेयर सदस्यका छोराछरीहरू साथै अगुवा कृषि उद्यमीहरुलाई गरी जम्मा २५ जनालाई रकम र कृषि सामाग्री सहित पुरस्कृत गरिएको छ।त्यस्तै कार्यक्रममा संस्थाले क्यान्सर पिडित महिला सेयर सदस्य दुर्गा मगरलाई केही रकम समेत सहयोग गरेको छ।
सोही कार्यक्रममा यही बार्षिकोत्सव देखि संस्थामा आवद्ध कर्मचारीहरुलाई ड्रेस (सर्ट प्यान्ट र कोट) वितरण गरिएको थियो भने उक्त कार्यक्रम संस्थाका सहायक प्रबन्धक खगेन्द्र वहादुर बोहोराले संचालन गरेका थिए।उक्त कार्यक्रममा संस्थाका सेयर सदस्यहरु , सामाजिक व्यक्तित्व साथै अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
Post a Comment