Websoft University

सुन्दरहरैंचामा चैत्र २० देखि हात्ती पाइले विरुद्धको औषधि खुवाइने


 शिव भट्टराई,मोरङ चैत  ६ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिकामा चैत्र २० गतेदेखि हात्ती पाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु हुने भएको छ ।

नेपाल सरकारको देशव्यापी कार्यक्रम अनुशार प्रदेश १ का झापा, धनकुटा, र मोरङमा एकैपटक औषधि खुवाउने अभियान अन्तरगत सुन्दरहरैंचामा पनि औषधि खुवाउन लागिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले आज औषधि खुवाउने अभियानका विषयमा सरोकारवालाबीच अन्तरकृया गरेको छ । नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन चापागाईं, लगायत विभिन्न शाखाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागितामा भएको गोष्ठिमा हात्तीपाइले रोगको विषयमा समेत जानकारी गराइएको थियो ।

नेपाल सरकारले हरेक वर्ष हात्तीपाइलेको औषधि खुवाउने गरेकोमा यसवर्ष पनि सोही अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेतले जानकारी दिनुभयो । सुन्दरहरैंचा नगरपालिकाले पाँच वटै स्वास्थ्य चौकीमार्फत यही चैत्र २० गतेदेखि २७ गतेसम्म औषधि खुवाइने बस्नेतले जानकारी दिनुभयो ।

गतवर्ष ८६ प्रतिशत नगरबासीलाई सो औषधि खुवाइएको जानकारी दिंदै बस्नेतले औषधिको विषयमा जनचेतना जगाउन समेत आवश्यक रहेको भन्दै जनप्रतिनिधि लगायत सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख धनमाया तामाङले हात्ती पाइले रोग लागेपछि मानिस अंगभंग हुने देखिएको भन्दै यस्तो गंभीर प्रकारको रोगबाट बच्नका लागि औषधि सेवन गर्न र सबैलाई औषधि सेवनका लागि जनचेतना जगाउनु पर्नेमा जोड दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.