Websoft University

मोरंग व्यापार संघमा ‘नेपाल ट्रेड इन्फर्मेसन पोर्टल’को अभिमुखिकरण कार्यक्रम सम्पन्न


बिराटनगर चैत्र ६ गते, शुक्रवार । रातो तारा डट कम, मोरंग व्यापार संघमा ‘नेपाल ट्रेड इन्फर्मेसन पोर्टल’को अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मोरंग व्यापार संघको पहल र उद्योग संगठन मोरंगको सहकार्यमा संघमा आयोजित उक्त कार्यक्रममा नेपाल सरकार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा निर्मित पोर्टल बारे उद्यमी व्यवसायीहरुलाई अभिमुखिकरण दिइएको थियो ।


संघका सचिव श्री अनिल सारडाज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रममा मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू र उद्योग संगठन मोरंगका अध्यक्ष श्री भीम घिमिरेज्यूले सभापतित्व गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूले नेपाल सरकारको प्रयासमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले संचालनमा ल्याएको उक्त पोर्टलबाट निकासीकर्तारपैठारीकर्ता उद्योगी व्यवसायीहरुले मुलुकको निकासी पैठारी गतिविधिहरु बारे आवश्यक जानकारी विद्यूतीय माध्यमबाट सहजै प्राप्त गर्न सकिने हुँदा सो पोर्टल अत्यन्त जानकारीमूलक, लाभदायी, भरपर्दो र समय सान्दर्भिक रहेको बताउनु भएको थियो । साथै, उद्योग संगठन मोरंगका अध्यक्ष श्री भीम घिमिरेज्यूले नेपाल सरकारद्वारा निर्मित सो पोर्टलले उद्यमी व्यवसायीहरुको समय बचत गर्न एवं अन्योलता न्यूनीकरण गर्न विशेष मद्दत पुग्ने बताउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, ललितपुुरका नायव कार्यकारी निर्देशक श्री सुयस खनालज्यूको उपस्थिति रहेको थियो भने केन्द्रका निर्देशक श्री सुरेन्द्रनाथ गोंगलज्यूले प्रस्तुति मार्फत नेपाल ट्रेड इन्फर्मेसन पोर्टलको अभिमुखिकरण दिनु भएको थियो ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतमा रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले मुलुकको निकासी पैठारी गतिविधिहरुको संगालो र विश्लेषण हुने गरी तयार पारेको उक्त पोर्टल जततउकस्ररलभउबतिचबमभउयचतब।िनयख।लउ मा उपलब्ध रहेको छ ।

कार्यक्रममा उद्योग संगठन मोरंगका नवनिर्वाचित अध्यक्ष श्री सुयस प्याकुरेलज्यू, मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, व्यापार तथा निकासी केन्द्रका उप–निर्देशक श्री शिद्धिचरण दाहालज्यू, विराटनगर व्यापार संघका अध्यक्ष श्री सुजन थापाज्यू, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, विराटनगरका निर्देशक श्री केवल विष्टज्यू, मोरंग व्यापार संघ, उद्योग संगठन मोरंग र विराट व्यापार संघका पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, महिला उद्यमीज्यूहरु, निकासी पैठारीसँग सम्बन्धित उद्योगी व्यवसायीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.