Websoft University

सुन्दरहरैंचा नगरपालिकाले किसानहरुलाई बिधुतिय मोटर बितरण गर्यो


शिव भट्टराई - मोरङ सुन्दरहरैचा चैत ७ गते । रातो तारा डट कम, मोरंग सुन्दरहरैंचा नगरपालिकाले कृषि क्षेत्रमा सिचाई समस्या रहे पछि गत बर्ष झै यस बर्ष पनि ५७ जना किसानलाई  मोटर बितरण गरेको छ।नगरपालिकाले धान गहुँ मकै तोरी ड्रागन फुड फलफुल खेति बोयर जातका बोका, पावर ट्रेलर, मकै छोडाउने मेसिन, स्प्रे मेसिन लगायतमा अनुदान बितरण गर्दै आएको छ। नगरमा किसान आर्थिक समृद्धि संगै आत्मनिभर तथा ब्यबसायिक किसान बन्न नगरपालिकाले कृषि समबन्धि तालिम माटो परिक्षण लगायत कार्यक्रम गरि किसानलाई प्रोत्साहित गरेको छ। सुन्दरहरैंचा बिकासको बगैंचा पर्यटन र पूर्वाधार बिकास क्षेत्रमा अघि बढिरहेको छ।


नगरपालिकाले किसानकाहरुलाई अनुदानमा बिद्युत मोटर २ /३ को, सेक्सन पाइप, टुवेल, चेक बल्ट बितरण गरेको छ। एक कार्यक्रम बिच नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले किसानहरुलाई बिद्युत मोटर बितरण गरेका हुन । बितरण गर्दै नगरप्रमुख ढकालले आर्थिक बर्ष २०७७/०७८ को निती तथा कार्यक्रममा किसानहरुलाई लक्षित गरी कृषि क्षेत्रमा प्रथामीकता राखेर बजेट ल्याएको बताउनुभयो । नगरपालिकाले कृषि क्षेत्र आफुहरुको मुख्य प्राथमिकतामा रहेको र कृषि समस्या समाधानका लागी नगरपालिका सदैव तयार रहेको ढकालको भनाई छ । किसानहरुलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन किसान सम्मेलन कार्यक्रम गर्ने भएको छ। 


सुन्दरहरैचा नगरपालिकामा बोरिङ्गको माग बढेको छ भने वितरण गरेको मोटरबाट ३८ हेक्टर जमिनलाई सिचाई पुग्ने छ। २१७ वटा निबेदन मध्ये ५७ जना किसनालाई यस बर्ष वितरण गरेको छ। पल्टिंगको कारण र कुलो पैनी र जलाशय क्षेत्र मासिएकोले अझै ५० प्रतिसत किसानमा सिचाई अभाव रहेको छ। यस बर्ष १५ लाख बिधुतिय मोटरका लागि बजेट छुट्याएको कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले जानकारी दिनुभयो।

किसानले भने सिचाईको लागि लाग्ने बोरिङ्ग जडान र बिधुत जडान खर्च आफ्नैले बेहोर्नु पर्ने छ। यस हिसाबले किसानले ५० प्रतिसत सहुलियत नगरपालिका बाट पाएको देखिन्छ। नगरले कृषि क्षेत्रमा गत वर्षभन्दा २ गुणा बजेट छुट्याएको छ भने यस्ता प्रोत्सानमुखी कार्यक्रमले किसानहरुले खुसि व्यक्त गरेका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.