Websoft University

गहुँमा बाला मात्रै दाना नलागे पछि किसानहरु चिन्तित !

 


शिव भट्टराई - मोरङ सुन्दरहरैचा चैत ७ गते । रातो तारा डट कम, सुन्दरहरैँचा नगरपालिकाको वडा नं ११ र वडा नं १ का केही भागमा लगाइएको गहुँमा दाना नलागेपछि किसान चिन्तामा परेका छन् । 


कृषि अनुसन्धान परिषद तरहराबाट ल्याइएको ४ जात मध्ये तिलोतमा जातको गहुँको विउमा दाना नलागेको कारण कृषक मर्कामा परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका कृषि शाखाले ६ हजार के.जी गहुँको बिउ कृषि अनुसन्धान परिषद् तरहराबाट ल्याई ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको थियो । त्यस मध्ये १ हजार के.जी तिलोतमा जातको गहँुको बिउ भने असफल देखिएको छ । बाँकी ५ हजार के.जी गहुँले भने राम्रो उत्पादन दिएको छ ।

कृषि शाखाका प्राविधिक सुदिप भण्डारीले बताए अनुसार १ हजार के.जी गहुँले ओगट्ने क्षेत्रफल १२ बिघा हुन आउँछ उक्त १२ बिगाहामा गहुँ लगाउने कृषकको खेतमा गहुँ लटरम्म छ तर भित्र दाना छैन । दाना नभएको कारण कृषकले ठुलो क्षति व्यहोर्नु परेको छ । उक्त विषयमा तरहरा संग बुझ्दा पानीको मात्र बढी भएको जमिनको कारण बोरन लिन नसकेर दाना नलागेको जानकारी प्राप्त भएपनि कृषकलाई कसले सम्बोधन गर्छ सोच्ने समय आएको देखिन्छ ।

समयमा नै कृषि बिमाको प्रवन्ध नमिलाउँदा यस्तो समस्या आएकोे र अबका कार्यक्रमरुमा कृषि बिमालाई संगै लिएर जान जरुरी देखिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.