Websoft University

लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ

 


झापा, फागुन-२६ गते । रातो तारा डट कम,झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट आज दिउसो ११ बजे लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् । प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं. १०५ बाट उनिहरुलाई प्लाष्टिकको जेब्रा झोला भित्र दुई वटा पोका बनाई लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध अफिम २ किलो सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.