काठमाण्डौ फागुन २६ गते । रातो तारा डट कम,सहिद स्मारक बी डिभिजन लिग फुटबलको आजको अन्तिम लिग खेलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटमा बुधबार भएको खेलमा खुमलटारले बाँसबारी क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँगअंक बराबरी समेत गरेको छ । खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।
Post a Comment