Websoft University

लागु औषध सहित बुधबार एक जना लाई पक्राउ

 


गाईघाट २६ फागुन । रातो तारा डट कम,प्रहरीले लागु औषध सहित बुधबार एक जना लाई पक्राउ  गरेको छ । त्रियुगा नगरपालीका ३– मोतीगढा चौक स्थीत नया बसपार्कमा डयुटीमा रहेको प्रहरी टोलीले त्रिनपा ३ भुल्केका ३७ वर्षिय सहिद मिया लाई लागु औषध सहित पका्रउ गरेको हो ।

मियाको साथ बाट नाईटा«जिपाम १ सय ५१ टयाबलेट, स्पास्मोपो्रजाइभान ८० टयाबलेट, डाइलेम्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ र फेनारगन १२ एम्पुल बरामद गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुर दाहालले बताए । नगद १५ हजार ४ सय र १ थान मोबाईल सहित पका्रउ परेका मिया लागुऔषधको कारोबारी रहेको प्रहरीले जनाएको छ। गाईघाट बजार क्षेत्र लाई आधार बनाई मियाले भारत बाट लागु औषध भित्राउने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी ले बताए । मिया लाई थुनामा राखेर अनुसन्धान शुरु गरीएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले लामो समय देखी संचालन गर्दै आएको  अबैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत एक साता मा ७ जना लागु औषध कारोबारी लागु औषध सहित पका्रउ परेको प्रहरीले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.