Websoft University

सुन्दरहरैंचामा १ नं प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु

 


शिव भट्टराई,मोरङ फागुन २६ गते । रातो तारा डट कम, सुन्दरहरैंचामा १ नं प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु !


माेरङकाे सुन्दरहरैंचा स्थित बुधबारदेखि एक नं प्रदेश स्तरीय भलिवल प्रतियाेगिता सुरू भएकाे छ । बुधबार नगरपालिकाकी उपमेयर धनमाया तामाङले समुद्घाटन गरे संगै भलिवल प्रतियोगिता सुरू भएकाे हाे ।    


सुन्दरहरैँचा वार्ड नं ७ अन्तर्गत गछिया खेल मैदानमा सुरू भएकाे खेलमा बुधबार अायाेजक जनसहयाेग युवा क्लब्  र रामधुनि नगरपालिकाले बिजयी सुरूवात गरेकाे छ । पहिलाे खेलमा प्रतिस्पर्धी शान्तिदिप नेपाललाइ हराउदै अायाेजक जनसहयाेग युवा क्लबले बिजयी सुरूवात गरेकाे हाे भने दाेश्राे खेलमा केराबारी माेरङलाइ हराउदै रामधुनी नगरपालीकाले जितकाे सुरूवात गरेकाे हाे । 


५ दिन सम्म चल्ने खेलमा एक दर्जन भन्दा बढी समुहले भाग लिएका छन । खेलमा बिजेता हुने टिमलाइ  नगद १लाख १ हजार १सय ११ रूपैया , ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपबिजेता टिमलाइ नगद ५१ हजार १ सय ११ रूपैया  ट्रफि, मेडल र प्रमाणपत्र त्यसैगरी तृतीय हुने टिमलाइ नगद २५ हजार १ सय ११ रूपैया  ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने अायाेजकले जनाएकाे छ ।

खेलकाे समुद्घाटन समाराेहलाइ सम्बाेधन गर्दै कार्यक्रमकि प्रमुख अतिथी नगरपालिकाकि उपप्रमुख तामाङले काेराेना पश्चात राेकिएका खेलकुदका गतिविधिहरूलाइ नगरपालिकाले अब प्राथमिकतामा राखेकाे बताइन । उनले स्वास्थ्यकाेलागि खेलकुद महत्वपुर्ण रहेकाे जनाउदै नगरपपालिकाले खेल क्षेत्रमा बिशेष लगानी गर्दै आएकाे र यसलाइ निरन्तरता दिने पनि बताइन । 

कार्यक्रममा सुन्दरहरैचा नगरपालीका वार्ड नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ , ६ का वडा सदस्य डम्बर थापा मगर , कार्यपाललिका सदस्य तारा घिमिरे , राष्ट्रिय युवा संघ सुन्दरहरैँचाका संयाेजक जयप्रकाश रायमाझि , गछिया प्रहरी चाैकिका प्रहरी नायव निरिक्षक दिपिन जंग थापा लगायतले सुभकामना मन्तब्य राखेेका थिए । कार्यक्रम प्रदेश नं १ स्तरीय भलिबल प्रतियोगिताका संयोजक सुमन राईकाे संयोजकत्वमा सुरू भएकाे थियाे भने सोही क्लबका सचिव निश्चल घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.