शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ स्थित साना किसान कृषि सहकारी संस्था लि मृगौलिया कृषि उपसमितिले एक दिने तरकारी खेती तालिम साथै बिउ वितरण कार्यक्रम सम्पन्न गरेको छ।साना किसान कृषि सहकारी संस्था मृगौलिया सुन्दरहरैंचा वडा नं ११ को सहयोगमा आयोजित उक्त कार्यक्रममा
सुन्दरहरैंचा नगरपालिका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईको प्रमुख आतिथ्यता ,सोही संस्थाका अध्यक्ष हरी बस्नेतको सभापतित्व र अर्थलाल भगतको विशिष्ठ आतिथ्यता रहेको थियो भने कार्यक्रममा कृषि उपसमिति सदस्य कृष्ण न्यौपानेले स्वागत मन्तव्य राखेका थिए।
बुधबार सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि भट्टराईले उक्त तालिममा सहजीकरण गरेका थिए। झोला बोकेर तरकारी किन्न जान नपरोस भन्ने मुल उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ५०० जना सेयर सदस्यहरूलाई काक्रा, करेला , लौका, घिरौंला, भिण्डीको बिउ वितरण गरिएको साना किसान कृषि सहकारी संस्था लि कृषि उपसमितिकी सदस्य तारा रिजालले बताएकी छिन्।
यस अघि माटो नमूना संकलन कार्यक्रम , २ दिने करेसा बारी खेती तालिम, धानको बिउ, मल,बोयर जातको बोका वितरण जस्ता अन्य विभिन्न कार्यक्रम आयोजना गर्दै गरेको सो संस्थाले आगामी दिनमा पनि पशु सम्बन्धि अन्य तालिम आयोजना गर्ने योजना रहेको सोही संस्थाका अध्यक्ष हरी बस्नेतले बताएका छन्।
Post a Comment