Websoft University

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

 


झापा, चैत्र ६ गते । रातो तारा डट कम,झापाका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । बिहिवार साँझ साँढे ५ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशीलाई २.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । खानलाई अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट पक्राउ गरिएको हो । यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१३ बाट बिहिवार साँझ ७ बजे ३ जनालाई लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-१५ का ३० बर्षीय कुमोलाल राजवंशी , २४  बर्षीय संजय मुखिया र भद्रपुर नगरपालिका-१० का १९ बर्षीय श्रवण मुखिया रहेका छन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.