Websoft University

नया महाप्रबन्धक आए पनि फेरि उत्पादनमा कमि आउन थाल्यो


जलजले उदयपुर ६ चैत  । रातो तारा डट कम,रुग्ण बन्दै गईरहेको उदयपुर सिमेन्ट उधोगले भर्खरै नया महाप्रबन्धक  पाए संगै फेरी पुरानो लय समात्न थालेको छ । दुई वर्ष जत्ति निमित्त महाप्रबन्धक को भरमा संचालन हुदै आईरहेको उधोग मा सरकारले दुई महिना अघि मात्र महाप्रबन्धक गोपी न्यौपाने लाई नियुक्ती गरेको थियो । निमीत्तको भरमा उधोग संचालन हुदा उधोगको अबस्था ज्यादै नाजुक अबस्थामा रहेको थियो ।

कर्मचारी लाई तलब  भत्ता खुवाउन मात्र होइन एक वर्ष् देखी उधोगले बिधुत महसुल  समेत पैसा अभामा बुझाउन सकेको छैन । सिमेन्ट उत्पादन को अनुपात मा गैडा छाप सिमेन्ट को बिकी्र झण्डै झण्डै शुन्य प्रतिशत मा झरेपछी सरकार ले उधोग लाई निजी करणमा लाने तयारी समेत गरेको थियो । निमित्त महाप्रबन्धक हुदा नोवल किशोर साहले उधोग लाई उधोगती तर्फ लगेको स्वयम कर्मचारी हरु बताउछन । 

उनले सिमेन्ट को बिकी्र प्रबद्र्धनमा जोड नदिएको, उधोगको खातामा रहेको पैसा निकालेर जथाभावी खर्च गरेको र नचाहीने सामान खरीद गरेर भण्डारण गरेको कारण उधोग आर्थिक रुपमा टाट पल्टीन पुगेको उधोगका कर्मचारीहरु बताउछन । सरकारले यसै बिच पठाएको नया महाप्रबन्धक न्यौपानेले उधोग को सबै अबस्था बुझेर सिमेन्ट उधोगमा सुधारका कामहरु थालनी गरेकाछन । 

उनी हाजिर भएको  एक महिना मै  चालु आर्थिक बर्ष मै सबै भन्दा बढी २१ लाख १ हजार १ सय ३८ वोरा सिमेन्ट बिकी्र भएको छ । त्यसैगरी उधोगको दायित्व ६५ करोड ८२ लाख रुपैया रहेकोमा अहिले घटेर ३२ करोड मा झरेको उधोगका सुचना अधिकारी  राम बहादुर जिसीले बताए । उनले गैडा छाप सिमेन्ट को तिब्र गतीमा बजार प्रबद्र्धन गर्नको लागी प्रदेश न १,२ र बागमती प्रदेश मा सिमेन्ट डिलरको संख्या १ सय २ वटा पु¥याउने लक्ष्य लिएर काम भैरहेको बताए । डिलर लाई कमीसन मा बिदृी, बैंक ग्यारेन्टी सुबिधा र नगद छुट जस्ता स्कीम सहितको नया बिकी्र निती लागु गरीसकेकोउनलेबताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.