Websoft University

कोरोना हटेसँगै वढे पर्यटक आउन थाले

 


काठमाडौ चैत  ६गते । रातो तारा डट कम,नोवेल कोरोना भाइरस र चिसो हटेसँगै पर्यटकीय हिमाली जिल्ला रसुवामा आन्तरिक तथा वाह्य पर्यटकहरूको आगमन वढिरहेको छ । ५ गाउँपालिका रहेको रसुवामा घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको हो । हिमाली रसुवामा हाल दैनिक ३० जना पर्यटकहरु भित्रिरहेका छन् । हिमाली भेगको हिमपात क्रमशः पग्लिरहेको, कोरोना हटिरहेका तथा तातोपनमा बढ्दै गएकाले आन्तरिक पर्यटकको आगमन सङ्ख्या क्रमशः बढ्न थालेको व्यवसायीहरुले बताएका छन् । रसुवा घुम्ने पर्यटकको संख्या आजकल दैनिक २५÷३० जनाले बढिरहेका छन् । उनीहरू गोसाइकुण्डतर्फ धार्मिक यात्रामा केन्द्रीत हुने गरेका छन् । रसुवामा गत २०५७÷०५८ मा स्थापना गरिएको बृद्धिम घरबासमा आउने पाहुनाका लागि आर्कषण बन्दै गएको छ । पर्यटन प्रर्वद्धनकोे माध्यमबाट ग्रामीण गरीबी न्यून हुने विश्वासका साथ तत्कालीन घरबास सञ्चालनमा ल्याइएको हो । हाल त्यहाँ २७ घरले आगन्तुक पाउनालाई सेवा दिइरहेका छन् । घरबासमा आउने पाउनालाई बृद्धिम पुग्नासाथ पहिलोे स्वागत गरी वासस्थानको घर तोक्ने र स्थानीय परिकारका खाना खुवाउने व्यवस्थापन गरिएको बृद्धिम घरबास सञ्चालन समितिका अध्यक्ष नुर्पु तामाङले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.