शिव भट्टराई, मोरङ फागुन २९ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा स्थित गछियामा जारी एक नं प्रदेश स्तरीय भलिवल प्रतियोगिताको उपाधिका लागि आयोजक र दकम झापा भिड्ने भएका छन् । आज भएको सेमीफाइनल खेलमा विजयी हुँदै आयोजक जनसहयोग युवा क्लव सुन्दरहरैंचा र दमक झापाले फाइलनमा स्थान पक्का गरेका हुन् ।
आज भएको पहिलो सेमीफाइनल खेलमा विमान ट्रेडर्स विर्तामोडलाई ३–१ ले पराजित गर्दै आयोजकले फाइलनमा स्थान बनाएको हो । यस्तै आजै भएको दोश्रो सेमीफाइनल खेलमा रामधुनी सुनसरीलाई ३–१ को सेटमा पराजित गर्दै दमकले आयोजकसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
प्रतियोगिताको बिजेता हुने टिमलाई नगद १ लाख १ हजार १ सय ११ रूपैया , ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपबिजेता टिमलाइ नगद ५१ हजार १ सय ११ रूपैया ट्रफि, मेडल र प्रमाणपत्र, त्यसैगरी तृृत्य हुने टिमलाइ नगद २५ हजार १ सय ११ रूपैया ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा समिट धरान, रामधुनी सुनसरी, वविया विर्ता, विमान ट्रेडर्स विर्तामोड, इटहरी उपमहानगरपालिका, दमक झापा, मधेशा ट्रेनिङ सुनसरी, आदर्श युवा क्लव लक्ष्मीमार्ग, केराबारी मोरङ, भोक्राहा सुनसरी र आयोजकको टीम लगायत गरि १२ वटा टीमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।
Post a Comment