Websoft University

नेकपा एमालेले चैत ७ गते केन्द्रिय कमिटीको बैठक बोलायो


काठमाण्डौ फागुन २९ गते । रातो तारा डट कम, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा अनुपस्थित हुनेलाई कारबाही गर्ने चेतावनी दिदै चैत ७ गतेको बैठकमा उपस्थित हुन भन्नुभएको छ । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीले आयोजना गरेको १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्दै उहाँले  वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरू प्रति लक्षित गर्दै चैत ७ गतेको बैठकमा नआए कारबाही गर्ने चेतावनी दिनुभयो । बैठकमा नआए पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी उहाँले दिनुभएको थियो । आफूले पार्टीको काम गर्दै गर्नका लागि केहीलाई कामको जिम्मेवारी दिएको भन्दै ७ गतेको बैठकमा आएपछि छलफल गरेर अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएका नेताहरूलाई सच्चिएर आउन आग्रह समेत गर्नुभयो । आफूले कसैको पद नखोसेको र पार्टी सञ्चालन गर्दै गर्नका लागि अन्तरिम व्यवस्था गरेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.