शिव भट्टराई,मोरङ।रातो तारा डट कम,राजनीति प्रति आस्था बाेकेका तर कुनै पनि दलकाे संगठनमा अावद्ध नभइ स्वतन्त्र रूपमा पत्रकारिता गर्दै अाएका पत्रकारहरूकाे संगठन स्वतन्त्र पत्रकार संघ सुनसरीले शनिबार पहिलाे साधारण सभा सम्पन्न गरेकाे छ ।
सभाले पुरानै तदर्थ समितिलाइ पुर्णता दिदै नयाँ कार्यसमिति गठन गरेकाे छ । जस अनुसार अध्यक्षमा खगेन्द्र जंग कार्कि , उपाध्यक्ष अकवर अलि , सचिवमा तेज बन , काेषाध्यक्षमा युनिसा राइ र सदस्यहरूमा दुर्गा दंगाल , बिवेक राजधामि , राम प्रसाद अाचार्य , सुरेन्द्र चाैधरी , बलराम मेहता , प्रतिभा चाैधरी रहेका छन ।
इटहरी स्थित राधाकृष्ण मन्दिरकाे सभाहलमा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडकाले पत्रकार समाजकाे एेना रहेकाेले कसेसंग वा कुनै दल संग अावद्ध नभइ निडर भएर पत्रकारिता गर्नुपर्ने बताए ।
पत्रकारहरू समाजकाे मात्र नभइ देशका जनता र सरकारलाइ प्रत्यक्ष जाेडने साझा पुल रहेकाे कारण निष्पक्ष समाचारमा जाेड दिनुपर्ने उनकाे भनाइ थीयाे । त्यस्तै अर्का बिशिस्ट अतिथि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपि अर्जुन केसिले पत्रकारहरू राजयकाे चाैथाे अंग रहेकाेले सुचनाकाे हकमा प्रहरीले गर्नुपर्ने र पुर्याउनुपर्ने सहयाेगबाट अाफु पछि नहटने प्रतिवद्धता जनाए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि इटहरीका सकृिय समाजसेवि तथा शिक्षा विद बिश्व प्रसाद रिजालले कुनैपनि दलगत संगठनमा अावद्ध नभइ स्वतन्त्र पत्रकारिता गर्नु अाफैमा चुनाै बनिनु सरह रहेकाे बताउनुभयाे । उहाले दलगतका संगठनमा अावद्ध पत्रकारहरूकाे कारण पत्रकारिता जगत धमिलिदै गउकाे र यसलाइ चिर्नका लागि स्वतन्त्र पत्रकारहरू एक जुट हुनुपर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रम स्वतन्त्र पत्रकार संघ सुनसरीका अध्यक्ष खगेन्द्र कार्किकाे सभापतित्वमा सम्पन्न भएकाे थीयाे । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय काेषाध्यक्ष सालिग्राम पाण्डे , केन्द्रिय सदस्य माेहन ढकाल , प्रेम गिरी , सुनसरी उपाध्यक्ष अकवर अलि लगायतले बाेलेका थीए ।
Post a Comment