Websoft University

नेपाल पक्षले समानान्तर कमिटी बनायो –प्रदेश इन्चार्ज पनि तोक्यो


काठमाण्डौ फागुन २९ गते । रातो तारा डट कम, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई पदबाट हटाउदै कमिटीहरु विस्तार गरेपछि माधव नेपाल पक्षले पनि समानान्तर कमिटी विस्तार गरेको छ । नेपाल पक्षले प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, बाग्मतीको अष्टलक्ष्मी शाक्यलाई, गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई दिएको छ । यस्तै सुदुरपश्चिम प्रदेशको जिम्मा भीम रावललाई दिइएको छ । युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ । यस्तै यो समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला पनि बोलाएको छ । अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य हुने भन्दै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.