Websoft University

नेपालमै कृषि मल उत्पादनका कारखाना स्थापना सरकारले गर्ने


काठमाण्डौ फागुन २९ गते । रातो तारा डट कम,सरकारले नेपालमै युरिया मल उत्पादन कारखाना स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । सरकारद्वारा गठित कार्यदलले कारखाना स्थापनाका लागि ३ वटा कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहेको कृषि मन्त्रालयले जनाएको छ ।

वार्षिक २० लाख मेट्रिक टनसम्म उत्पादन गर्नसक्ने कारखानाका लागि आवश्यक बजेट, अन्य पूर्वाधार र प्राविधिक जनशक्ति व्यवस्थापनका बारेमा पनि कार्यदलमा छलफल भइरहेको छ । सरकारले छनोट गरेका तीनवटा परामर्शदाता कम्पनीले सम्भाव्यताबारे फरकफरक किसिमको प्रतिवेदन पेश गरेका कारण निष्कर्षमा पुग्न ढिलाइ भएको कृषि मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले सीआईएनसँग बताउनुभयो । 

कार्यदलले विज्ञहरुसँगको परामर्शमा डिपीआरलाई परिमार्जन गरिरहेको र अर्को आर्थिक वर्षको नीति कार्यक्रममै मल कारखाना स्थापनाको कुरा समावेश भइ बजेट बिनियोजन हुने उहाँको भनाइ छ । सरकारले गएको कात्तिकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र कृषि तथा पशुपंक्षी विकास मन्त्रीसहितको कार्यदल गठन गरेको थियो । 

कारखाना स्थापनाका लागि आवश्यक बिजुली, ग्याँस, जग्गा जमिन, सडक, खानेपानी, सञ्चार लगायतका संरचना, प्राविधिक जनशक्तिको व्यवस्थापनका लागि पहल भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । नेपालमा वार्षिक ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने र हरेक वर्ष मलको अभाव हुने भएपछि सरकारले दीर्घकालीन समाधानको उपायस्वरुप युरिया मल कारखाना खोल्न लागेको हो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.