Websoft University

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आज स्वास्थ्य इकाइ भवनको शिलान्यास गर्नु भयो


सुनसरी फागुन २० गते । रातो तारा डट कम, इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले यहि आर्थिक बर्ष भित्रमा इटहरीका सवै वडामा आधारभूत स्वास्थ्य सुविधा पुग्ने वताउनुभएको छ । इटहरी ८ मा स्वास्थ्य इकाइ भवनको शिलान्यास गर्दै वडावासीले वडा वाटै आधारभूत स्वास्थ्य सेवा पाउने वताउनुभएको हो । 

यो बर्ष १४ वटा स्वास्थ्य इकाई भवन निर्माण भएर ती भवनहरुवाट सेवा दिइने छ । कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले तीन महिनामा स्वास्थ्य इकाई भवन  निर्माण भइसक्ने वताउनुभयो । उहाँले आवश्यक स्वास्थ्यकर्मी र फर्निचर लगायतका समाग्री तयार अवस्थामा रहेको वताउनुभयो । वडाध्यक्ष नर वहादुर राईले आफनै वडा वाट स्वास्थ्य सेवा पाउनु खुशीको कुरा भएको वताउनुभयो । 

स्वास्थ्य शाखा प्रमुख धनश्याम सिग्देलले सवैको पहँुचमा स्वास्थ्य पुरयाउन उपमहानगर लागि परेको वताउनुभयो ।  इन्जिनियर जीवन घिमिरेले २७ लाख २६ हजारमा चार कोठे भवन वन्ने जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.