Websoft University

केन्द्रकोअस्थिर राजनीतिका कारण विकास निर्माण कार्य प्रभावित हुन दिंदैनौँ-उपमेयर पराजुली

 


बेलवारी मोरङ फागुन २० गते । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिकाले संघीय सरकार,प्रदेश सरकार तथा स्थानीय सरकारद्वारा विनियोजित बजेटमार्फत नगरक्षेत्रभित्र संचालित विभिन्न विकास निर्माणका योजनाहरुको गुणस्तरीयतालाई मध्यनजर गर्दै नगरस्तरीय अनुगमन् समितिले निर्माणाधीन र निर्माण सप्पन्न योजनाहरुको अनुगमन् कार्यलाई थप प्रभावकारी बनाएको छ।

 आजै पुर्वाधार विकास कार्यक्रम अन्तर्गत रहेको वडा नं९ स्थित थारु कल्याणकारी समितिको सामुदायिक भवन,वडा नं ११ स्थित संगम टोल र पृथ्वी टोल जोड्ने सडक र मुनाल टोल स्थित बिछ्याइएको टालीसहितको सडक र नलबारी पश्चिम सडक कालोपत्रे योजनाको समितिले अन्तिम चरणको अनुगमन गरेको छ।

नगरपालिकाकी उपमेयर एवम् नगरस्तरीय अनुगमन समिति संयोजक ढाकाकुमारी पराजुलीको संयोजकत्वमा समिती सदस्य बिन्दु गुरुङ,उदयबहादुर राई,प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह,आर्थिक प्रशासन प्रमुख धनमाया राई,सब इन्जिनियर योगेश गौतम,वडाका जनप्रतिनिधि साथै उपभोक्ता समितिको उपस्थितिमा उक्त  योजनाहरुको अनुगमन भएको थियो। 

अनुगमनका क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले नगरपालिका कामको गुणस्तरीयतामा सचेत रहेको बताएका छन्।यस्तै उपमेयर एवम् अनुगमन समिति संयोजक ढाकाकुमारी पराजुलीले स्टिमेट अनुरुप गुणस्तरीय कामको सवालमा कोहीसँग कुनै सम्झौता नहुने भन्दै पुर्वाधारसँगै नगरपालिकाको कुनै बजेट एक रुपैया पनि हिनामिना हुन नदिई आफूहरुले उच्च पारदर्शिताको अभ्यास गरिरहेको बताइन्।उनले हाल मुलुकमा देखिएको अस्थिर राजनीतिका कारण नगरपालिकाका विकास निर्माणका कुनै पनि कार्यहरु प्रभावित हुन नदिई  गरि आफूहरु काम गरिरहेको बताइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.