Websoft University

छोरी बुहारीलाई लोक सेवा पढाउदै बेलबारी


मोरङ बेलबारी फागुन  २० गते । रातो तारा डट कम,  मोरङको बेलबारी नगरपालिकाले छोरी बुहारीलाई लक्षीत गरेर लोकसेवाको तयारी कक्षा संचालन गरेको छ । ५० जना छोरी बुहारीहरुलाई १ महिना सम्म कक्षा संचालन गरेर पढाउने नगरपालिकाको कार्यालयले जनाएको छ । 

महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले लोक सेवाकक्षा संचालन गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको संख्यामा आवेदन खुलाएर कक्षा संचालन भएपनि त्यो भन्दा वढि सहभागि भएका छन ।गत बर्ष समेत नगरपालिकाले कक्षा संचालन गरेको थियो । न्यूभिजन इटहरीको प्राविधिक सहयोगमा लोकसेवाको कक्षा संचालन गरीएको हो । 

लोकसेवाको तयारी कक्षा संचालन गरीरहेका बिद्यार्थीहरुलाई ठुलो सहयोग पुगेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहाले बताए । आत्मनिर्भर हुने र निजामती क्षेत्रमा महिलाको उपस्थिति बढ्ने विश्वास समेत गरीएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.