Websoft University

सुन्दरहरैंचा उवासंघ निर्वाचन : नेकपा एक ढिक्का हुदा कट्टेलकाे सम्भावना बलियाे

 


मोरङ सुन्दरहरैचा  फागुन २० गते । रातो तारा डट कम,   देशकै ठूलो तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी यतिबेला विभाजनको संघारमा छ । एउटा समूह प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्को समूह अर्का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको छ ।

दुवै समूहबीच पानी बाराबारको अवस्था छ भन्दा फरक नपर्ला । तर मोरङको सुन्दरहरैंचाको परिदृश्य भने फरक छ । राष्ट्रिय राजनीतिमा एक अर्काको विरोधीको रुपमा रहेका दुवै समूह यहाँ भने सुन्दरहरैंचा उद्योग वाणिज्य संघको चुनावमा एकजुट भएर मैदानमा उत्रिएका छन् । नेकपा यतिबेला विभाजित अवस्थामा पुगेको छ ।

जसका बाछिटाहरु प्रदेश, जिल्ला हुँदै स्थानीय स्तरमा समेत पुगिसकेका छन् । हामीले सामाजिक सञ्जालमा हे¥यौं र नेताका भाषण सुन्यौ भने उनीहरुले अधिकांश समय एक अर्काका समूहलाई गालि गर्नमै खर्चिएको पाउँछौं । तर राष्ट्रिय राजनीतिमा प्रमुख शत्रु झैं देखिएका नेकपाका दुई समूह मोरङको सुन्दरहरैंचाको हकमा भने एक देखिएका छन् । यहाँ स्थानीय सुन्दरहरैंचा उद्योग वाणिज्य संघको निर्वाचनमा दुवै समूह एक भएर चुनावी मैदानमा उत्रिएका छन् ।

दुवै समूहले यही फागुन २२ गते हुने निर्वाचनमा राजनीतिकरुपमा कुनै पनि दलमा नखुलेका टिकाप्रसाद कट्टेललाई अध्यक्ष पदको साझा उम्मेदवार बनाएका छन् । अन्य पदहरुमा भने नेकपाका दुवै समुहमा खुलेका तथा नखुलेका अनुहारहरु चुनावी मैदानमा छन् । केहिदिन अघिसम्म भिन्नाभिन्नै गुट तथा समूहमा लागेर आमसभा तथा विरोध प्रदर्शनमा रहेकाहरु अचानक एक भएर चुनावी मैदानमा उत्रिएका हुन् । उनीहरुले पार्टी देशव्यापी रुपमा एक भएर जानुपर्छ भन्ने सन्देश दिनका लागि समेत एकजुट भएर चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

केहिदिन अघि स्थानीय व्यवसायी र अगुवाहरुको बैठकले टीका कट्टेलकै नेतृत्वमा नेकपा र कांग्रेस दुवै पक्षको सहमतिमा नयाँ नेतृत्व चयन गरिएको भनिए पनि नेपाली कांग्रेस पक्षधरका केहीले असहमति जनाएपछि निर्वाचन गर्नु परेको बताइएकोछ । राष्ट्रिय राजनीतिमा विभाजित अवस्थामा पुगेकाले सुन्दरहरैंचामा समेत विभाजित भएर निर्वाचनमा जाँदा पराजय हुने भन्दै चिन्ता रहेकोमा नेकपा एक भएर चुनावी मैदानमा उत्रिएकोमा उम्मेदवारहरु समेत जित सुनिश्चित हुने भन्दै हर्षित भएका छन् ।

अहिले फुटने भन्दा पनि जुटनेकाे समय हाे । राजकुमार ओझा (प्रदेश सांसद्, नेपाल कम्युनिष्ट पार्टी, प्रदेश–१)

सुन्दरहरैचामा उवासंघकाे निर्वाचन माहाेल तातिदै जादा तत्कालिन अवस्थामा फुटेर जानु भन्दा मिलेर अघि बढेकाे राम्राे देखिएकाे हुदा हामि पनि मिलेरै अघि बढेका छाै ।  फुटेर जादा बिपक्षलाइ फाइदा पुग्ने सम्भावना देखिएकाे र पार्टि पनि अहिले सम्म फुटकाे घाेषणा नभइसकेकाेले एकताकाे सम्भावनालाइ बलियाे बनाउन यस क्षेत्रबाट केन्द्र सम्म शन्देश प्रवाह गरिएकाे हाे । 

पार्टि एकहुदा जित पक्का छ – टीका कट्टेल (अध्यक्षका उम्मेदवार)

निर्वाचनकाे माहाेल ताति रहदा साझा उम्मेद्वारी दिएका अध्यक्ष पदका उम्मेद्वार टिका कट्टेलले भने पार्टि एक ढिक्का भएर अघि बढदा अाफुहरूकाे पक्षकाे जित सुनिस्चित देखिएकाे बताउछन । राजनीतिमा त्यति सकृिय नरहेपनि ब्यवसायिहरूकाे मन जित्न सफल बनेका उनि सुन्दरहरैचाका नामि ब्यवसायि पनि हुन । निर्वाचन अघि पनि अाफुले ब्यवसायहरूकाे हक हितकालागि राम्रै कामहरू गरेकाे कारण निर्वाचनमा अाफ्नाे पक्षकाे जित सुनिश्चित रहेकाे उनि दाबि गर्छन ।  देशब्यापी रूपमा पार्टी बिभाजन भइरहेकाे बेला पनि सुन्दरहरैचाकाे हकमा एक जुट भएर अघि बढेकाे भन्दै अाफ्नाे जित सुनिश्चित भएकाे उनले दाबी गरेका छन । 


सन्तोष वान्तवा (महासचिवका उम्मेदवार नेकपा अाेली पक्ष)


माथिल्लाे तह जे सुकै भएपनि यहा सबै एकजुट भएका छाै । सुन्दरहरैचा हरेक गतिविधिहरूमा नयाँ शैलि अपनाउने हुदा यहा पनि फरक नै देखिन्छ । देश ब्यापि पार्टि भित्र देखिएकाे बिवादलाइ छाडेर यहा चै एक ढिक्का भएर अघि बढेका छाै । यसमा पार्टि नेतृत्वले पनि शन्देशकाे रूपमा बुझ्न जरूरी छ । 

 

 कुमार मिजार ः (सदस्यका उम्मेदवार नेकपा प्रचण्ड पक्ष पार्टी) ः फुटकाे संघारमा पुगेकाे बेला अर्काे पक्षले सजिलै जित हाशिल हुन्छ भनेर साेचिरहेकाे बेला हामि एकजुट हुदै मैदानमा उत्रिएपछि उनिहरूकाे पराजित स्थिति देखिएकाे छ । देशब्यापि रूपमा एक हुन यहिबाट शन्देश  सुन्दरहरैंचा हरेक कुरामा नमुना नगरपालिकाको रुपमा रहेकाले नेकपाको विभाजनको अवस्थामा समेत एक भएर चुनावी मैदानमा उत्रिंदै सुन्दरहरैंचाबाट एकताको सन्देश दिएको उनीहरुको भनाइ छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.