Websoft University

अवसर पाए महिलाले पनि पुरुष सरह प्रतिस्पर्धामा सफलता हांसिल गर्न सक्छन् -उपप्रमुख पराजुली

 


बेलबारी मोरङ फागुन २० गते । रातो तारा डट कम, मोरङको बेलबारी नगरपालिकाले निशूल्क लोकसेवा कक्षाको संचालन गरेको छ।आज एक कार्यक्रमका बीच उपप्रमुख ढाकाकुमारी पराजुलीले पानसमा बत्ती बालेर तालिमको समुद्घाटन गरिन् ।न्यू भिजन इटहरीले सहजीकरण गर्ने उक्त कार्यक्रम आर्थिक बर्ष २०७७/७८को विनियोजित बजेट मार्फत छात्राहरुलाई  तालिम दिएको नगरपालिकाले बताएको छ।नगर क्षेत्रभित्रका ५० जना छात्राहरुलाई ३० दिनसम्म लोकसेवा सम्बन्धि आवस्यक आधारभूत सिकाई प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए।

पढेलेखेका महिलाहरुलाई प्रशासनिक एवम्  निजामती सेवामा प्रवेश गराई आत्मनिर्भर तर्फ उन्मुख गराउदै अवसर पाए समाजमा महिलाले पनि पुरुष सरह प्रतिस्पर्धामा सफलता हांसिल गर्न सक्छन्  भन्ने कुरा सम्प्रेषण गर्दै महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले लोक सेवाकक्षा संचालन गरिएको नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले बताइन्। 

 लोकसेवा पढेर  निजामती सेवामा प्रवेश गर्ने रहर भएर पनि आर्थिक श्रोत साधनका अभावले अवसर बाट टाढा रहेका महिलाहरुलाई अवसर दिंदै उक्त क्षेत्रमा महिलाहरुको सहभागिता वृद्धि गर्नको लागि तालिम संचा्गरिएको उपप्रमुख पराजुलीले बताइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.