काठमाण्डौ फागुन २५ गते । रातो तारा डट कम,सहिद स्मारक बी डिभिजन लिग फुटबलको आफ्नो अन्तिम लिग खेलमा श्री भगवती क्लबले जित निकालेको छ । आज भएको खेलमा श्री भगवतीले ब्वाइज युनियन क्लबलाई २ – १ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र प्रज्वल थापा मगरले एक एक गोल गर्नुभयो । ब्वाइजका टंक बहादुर स्याङतानले एक गोल फर्काउनुभयो । जितसँगै श्री भगवती पाँचौं स्थानमा उक्लिएको छ । श्री भगवतीले ११ खेलमा १५ अंक जोडेको छ । ब्वाइज ११ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
आजको फुटबलमा श्री भगवती क्लबले जित हात पार्यो

Post a Comment