Websoft University

नेपाल र भुटान भारतको सीमा क्षेत्रमा एसएसबीको फौजको युनिट सङ्ख्या भारतले बढायो–नेपाल चै चुपचाप किन ? भारतिय बोर्डरमा नेपाली सेना छिटो पठाउ, यो जनताको आवाज हो ।


काठमाण्डौ फागुन २० गते । रातो तारा डट कम,भारतको गृह मन्त्रालयले नेपाल र भुटानसँगको सीमा क्षेत्रमा रहेको सशस्त्र सीमा बल (एसएसबी) को युनिटको सङ्ख्या बढाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार नेपाल र भुटानसँगको सीमा क्षेत्रमा थप १३ हजार फौज खटाउने निर्णय भएको छ ।

सीमा क्षेत्रमा सुरक्षालाई अझ सुदृढ बनाउन सो निर्णय भएको हो । निर्णयअनुसार अब नेपाल र भुटानसँगको सीमा क्षेत्रमा एसएसबीका १२ युनिट थपिने छन् । एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रले अब भारतले आफ्ना सीमा क्षेत्रमा प्रत्येक वर्ष ४ बटालियनका दरले युनिटको सङ्ख्या थप्दै जाने बताउनुभएको छ । 

त्यसैगरी नेपाल–भारत सिमानमा रहेका ४ वटा एकीकृत जाँच केन्द्र (आईसीपी) ५ सय ५८ पोष्ट थप गर्ने प्रस्तावलाई पनि भारतीय गृह मन्त्रालयले स्वीकृति दिएको छ । अहिले एसएसबीको सङ्ख्या ९० हजार रहेको छ । जुन नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिएका छन् । त्यसैगरी भारतीय गृह मन्त्रालयलले इन्डो तिब्बतीयन बोर्डर पुलिसको सङ्ख्यासमेत १० हजारले बढाउने निर्णय गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.