Websoft University

मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

 

मोरङ, फागुन-२० गते । रातो तारा डट कम,

मोरङ सुन्दरहरैँचा नगरपालिका -३ का २० बर्षीय अजित चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती ९ बजे सोही स्थानमा प्र१-०२-०४२प६३९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार अजित घाईते भएका थिए । घाईते अजितको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालक सोही स्थान बस्ने ३१ बर्षीय देव कुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.