Websoft University

आजपनि फुटबलमा २ खेल हुने

 


काठमाण्डौ फागुन २० गते । रातो तारा डट कम,सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । झम्सिखेल र श्री भगवतीबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ । झम्सिखेल ८ खेलमा ६ अङ्क जोडेर ११ औं स्थानमा रहेको छ । श्री भगवती ८ खेलमा ६ अङ्क जोडेर १० औं स्थानमा रहेको छ । यस्तै आजै हुने अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आरसिटी र श्री कुमारीबीचको खेल दिउसो साढे ३ बजे सुरु हुनेछ । आरसिटी ८ खेलमा १२ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । श्री कुमारी ८ खेलमा ७ अङ्क जोडेर आठौं स्थानमा रहेको छ ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.