काठमाण्डौ चैत ५ गते । रातो तारा डट कम, गएको पुस ५ गतेबाट रोकिएको मतदाता नामावली सङ्कलन कार्य आजबाट पुनः सञ्चालन हुँदैछ । आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिनुभयो । १६ वर्ष पुगेर नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिहरुले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् । निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली सङ्कलन स्थगित गरेको थियो । निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेकाछन् ।
आयोगले मतदाता नामावली सङ्कलन गर्न सुरु गर्यो

Post a Comment