Websoft University

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनु भयो


काठमाण्डौ चैत ५ गते । रातो तारा डट कम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले संसदीय दलको बैठक आज बस्न लागेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको हो । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा दलको नियमित प्रक्रियाअनुसार नै बैठक बस्न लागेकोे एमालेका सांसद विशाल भट्टराईले जानकारी दिनुभयो । उहाँले पार्टी भित्रको विवाद समाधानका लागि बैठक बोलाइएको बताउनुभयो । आजको बैठकमा असन्तुष्ट झलनाथ खनाल र माधव कुमार नेपालसमूहलाई पनि बोलाइएकोछ । तर, सो समूहले बैठकमा नजाने यसअघि नै घोषणा गरिसकेको छ । 

उनीहरुले संसदीय दलको बैठकमा नजाने स्पष्ट पारिसकेका अवस्थामा भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले दलको बैठकले उपस्थित नहुने सांसदलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । सर्वोच्च अदालतले नेकपा एमाले ब्युत्याइँदिएपछि पार्टीको विवाह उत्कर्समा पुगेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.