Websoft University

“कदर पत्रले अझै उर्जा दियो” अध्यक्ष पुन


काठमाडौँ । 
चलचित्र पत्रकार संघ नेपालको २१ औँ वार्षिक सभाको अवसरमा चलचित्र पत्रकार दाङ शाखाका अध्यक्ष शिव पुनलाई कदर पत्र प्रदान गरिएको छ ।

 अध्यक्ष पुनले दाङमा रहेर चलचित्र पत्रकारिता गर्दै आएका छन् । उनले चलचित्र पत्रकारितामा पुर्याएको योगदानलाई मध्यनजर गर्दै उनलाई सो पत्र प्रदान गरिएको हो ।
 
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले पुनको प्रशंसा गर्दै कदर पत्र प्रदान गरेका हुन् ।
 
अध्यक्ष पुनले भने , “खुसी लागेको छ । अझै थप जोश बढेर आएको छ । यो कदर पत्रले आफ्नो कर्ममाअझै उर्जा दिई सक्रिय रहनअवश्यभूमिका खेल्नेछ ।”

दाङमा रहेर चलचित्र पत्रकारिता गर्न चुनैतीहरु भए पनि त्यसलाई सहजै पार गरेर अघि बढ्ने हौसला मिलेको उनले बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.