गाईघाट ४ चैत । रातो तारा डट कम,बेला बेला मानसिक सन्तुलन गुम्ने गरेको एक युवक ले आफनै भाउजु लाई मंगलबार खु्कुरी प्रहार गरी घाईते बनाएका छन ।
सामान्य बादविवाद हुदा त्रियुगा नगरपालीका १० बोक्सेका २३ वर्षिय होम बहादुर बिकले भाउजु २५ बर्षिया मुना बिक लाई खुकुरी प्रहार गरी घाईते बनाएको प्रहरी ले जनाएको छ । बादविवाद हुदै गर्दा कोठा भित्र बाट खुकुरी ल्याएर भाउजुको घाटीको पछाडी गर्दनमा बिकले प्रहार गरेको प्रत्यक्षदर्शि मोहन भुजेल ले बताए ।
गर्दनमा गहिरो चोट लागेको कारण गम्भीर घाईते भएकी मुना लाई तत्काल उपचारको लागी बिराटनगर लगीएको प्रहरीले जनाएको छ । घटना लगतै घर छाडेर भागेका बिक लाई राती ७ वजे त्रियुगा नगरपालीका ९ गैरुन बाट पका्रउ गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि भिम बहादुरदाहालले बताए ।
बेला बेलामा मानसिक सन्तुलन गुम्ने गरेका बिक ले चार महिना अघि पनि दाजु लाई धारीलो हतियार प्रयोग गरी घाईते बनाएका थिए ।
Post a Comment